२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–४ का ३१ वर्षीय खड्कबहादुर घिमिरेलाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७७ पुस २७ गते बलात्कारको गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई फागुन २८ गते अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर महेन्द्र दर्नालले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आरोपित माप्यदूधकोशी गाउँपालिकामा पशु सेवा शाखामा कार्यरत कर्मचारी भएको इन्स्पेक्टर दर्नालले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल फाप्लुमा फागुन २८ गते गरिएको छ ।