चैत ५ गते १ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार २ सय ५४ ओटा नमूना परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २ लाख ७१ हजार ६ सय १० जना निको भएका छन् । चैत ५ गते ५५ जना निको भएका छन् भने निको हुनेको दर ९८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चैत ५ गतेसम्म ३ हजार १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आइसोलेशनमा पुष्टि भएका केसहरूको सङ्ख्या भनी सङ्क्रमितको सङ्ख्या १ हजार देखाइएको छ ।
विद्यालयको विषयमा छलफल गर्न बसेको बैठकमै कुटपिट
रोहिणी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक सरुवाको विषयमा