अपाङ्गता भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले त्रियुगा नगरपालिका –१२ का ४३ वर्षीय सूर्यबहादुर विकलाई चैत ४ गते जन्म कैदको फैसला सुनाएको छ ।
न्यायाधीश दीपक खनालको इजलासले कसुर गरेको ठहर गर्दै जन्म कैदसँगै पीडितले पाउने गरी २५ हजार कसुरदारबाट क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित राहत कोषमा २ हजार रुपियाँ कसुरदारलाई भराउन आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पीडित युवतीलाई आरोपितले ०७७ भदौ ३० बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।
जिल्ला अदालतको आदेशमा आरोपित असोज २३ गते पुर्पक्षका लागि थुनामा गएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ३० गते गरिएको थियो ।