३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले चैत ४ गते सुरुङ्गा नपा–२ का ४३ वर्षीय चलितर भनिने चलिम सदालाई तीन वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश सुर्यनाथ प्रकाश अधिकारीको इजलासले यस्तो फैसला गरेको आदलतले जनाएको छ ।
घाँस काट्न सुरुङ्गा नपा–१ स्थित चुरे छेउको जङ्गलमा गएका बेला सदाले २०७५ वैशाख २३ गते साँझ सात बजे बलात्कार गरेको पीडितले बताइन् ।
पीडितले इलाका प्रहरी कार्यालय कडरबोनामा वैशाख २३ गते उजुरी दिएकी थिइन् । अदालतले भने बलात्कार प्रयासको मुद्दामा परिणत गर्दै तीन वर्ष कैद सजायको फैसला गरेको हो ।
इलाका प्रहरी कार्यालय, कडरबोनाले सदालाई गिरफ्तार गरी वैशाख २३ गते उजुरी दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण लहान नपा–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा वैशाख २३ गते गरिएको थियो ।
जिल्ला अदालतको आदेशमा सदा ०७५ जेठ १७ गतेदेखि राजविराज कारागारमा थुनामा रहेको प्रहरीले जनाएको छ ।