
हरिपुर्वा नपा–९ का ३८ वर्षीय व्यापारी रमेश रायलाई फागुन २९ गते साँझ सोही नपा–८ का जनता समाजवादी पार्टीका ३५ वर्षीय कार्यकर्ता राजकुमार यादवले कुटपिट गरेको भन्दै पीडितकी पत्नी रासकलीया देवी
रायले चैत २ गते इलाका प्रहरी कार्यालय हरिपुर्वामा उजुरी दिनु भएको छ ।
विगत पाँच वर्षदेखि व्यापार/व्यवसाय गर्दै आउनु भएका रमेशसँग सामान किनबेचको रकमका सम्बन्धमा विवाद हुँदा यादवलले रड प्रहार गरेको पीडितकी पत्नीले बताउनु भयो ।
रमेशको टाउको, छाति र दाहिने हातमा चोट लागेको छ । उहाँको उपचार लालबन्दी नपा–१ स्थित नबलपुरको मोडेल अस्पतालमा गराएर थप उपचारका लागि बीरगंज लगिएको इलाका प्रहरी कार्यालय हरिपुर्वाका असई रामनरेश यादवले जानकारी दिनु भयो ।
आरोपित यादव घटनापछि फरार रहेकाले खोजी कार्य भइरहेका असई यादवले बताउनु भयो ।