INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा आजीवन कैद सजायको फैसला

आठ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५६ वर्षीय हजुरबुबालाई ०७७ चैत ३ गते आजीवन कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश माधवप्रसाद सिलुवालको इजलासले कसुर ठहर गर्दै कैद सजायसँगै ४० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

कसुरदारबाट ४ हजार ४ सय रुपियाँ असुल गरी पीडित राहत कोषमा जम्मा गर्न पनि आदेश भएको श्रेस्तेदार कार्कीले बताउनु भयो ।

पीडित बालिकालाई ०७७ साउन १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले सोही दिन गिरफ्तार गरी अदालत पेश गरेकामा जिल्ला अदालतले असोज २ गतेबाट पुर्पक्षका लागि थुनामा पठाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ९ गते गरिएको थियो ।

अन्य

भिडियो