१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले चैत २ गते चार जना बालकलाई गिरफ्तार गरेको छ ।
बालिकालाई चैत १ गते सामुहिक बलात्कार गरेको आरोप १३, १४, १५ वर्षीय दुई जना गरी चार जना बालकविरुद्ध पीडितका आफन्तले चैत २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षले दिएको उजुरीका आधारमा चारै जनालाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वलीले जानकारी दिनुभयो ।
पीडित बालिकाको चैत २ गते त्रिशूली जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । पीडित बालिकालाई सदुरमुकाममा रहेको सेफ हाउसमा राखिएको छ ।