INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनाका फरार आरोपित खाँदबारी नगरपालिका–१ का २५ वर्षीय वियोग राईलाई प्रहरीले फागुन २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७२ जेठ २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

न्यायाधीश प्रकाश राउतको इजलासले ०७२ भदौ १० गते एक वर्ष पाँच महिना २० दिन कैद सजाय र १५ हजार रुपियाँ जरिबानाको फैसला गरेको थियो ।

गिरफ्तारीमा परेका कसुरदारलाई अदालत पेश गरी कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर सन्तोष बुढाथोकीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७२ जेठ २७ गते गरिएको थियो ।

अन्य

भिडियो