बौद्धिक अपाङ्गता भएकी आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका–४ का ६६ वर्षीय फौदीलाल मुखियालाई फागुन २९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन २८ गते खेतमा गएको अवस्थामा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध फागुन २९ गते इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिका ५ र ६ वर्षीया बहिनीसँग खेतमा गएको अवस्थामा आरोपितले बलात्कार गरेको विषयमा बहिनीहरूले साँझ अभिभावकलाई सुनाएपछि पीडित पक्षले उजुरी दिएको डिएसपी राईले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा चैत १ गते गरिएको छ ।