INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकको पहलमा स्वास्थ्य चौकीमा शुद्ध पिउने पानी

इन्सेकद्वारा गठन गरिएको मानवअधिकार समूह विनयी त्रिवेणी गाउँपालिकाको पहलमा दुम्कीबास स्वास्थ्य चौकीमा शुद्ध पिउने पानीको व्यवस्थापन भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा ०७७ माघ ११ गते गरिएको स्वास्थ्यको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा दुम्कीबास स्वास्थ्य चौकीमा शुद्ध पिउने पानीको व्यवस्थापन नहुँदा जोखिम बढेको भन्दै सहभागीले गाउँपालिका अध्यक्ष डम्बरबहादुर जि.सी.को ध्यानाकर्षण गराएका थिए ।

photo20210312Nawalpur1

कार्यक्रममा सहभागीले उठाएको सवालको विषयमा मानवअधिकार समूह विनयी त्रिवेणीका अध्यक्ष धर्म बहादुर जिसी सहितको टोलीले पटकपटक गाउँपालिका अध्यक्ष जिसीको ध्यानाकर्षण गराउनुभएको थियो ।

अहिले गाउँपालिकाले सेवाग्राहीहरुको लागि जार मार्फत शुद्ध पिउने पानीको व्यवस्थापन गरेको दुम्कीबास स्वास्थ्य चौकी प्रमुख तिलकुमारी कुमालले बताउनुभयो ।

उहाँले भन्नुभयो –‘गाउँपालिकाले दैनिक रुपमा जार मार्फत पिउने पानीको व्यवस्थापन गरेको छ र अहिले सेवाग्राहीहरुले जारको पानी प्रयोग गर्छन ।’

photo20210312Nawalpur2

विगतमा ट्युवेल (चापकल) को पानी प्रयोग गर्दा स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको जोखिमहरु बढेकोमा अहिले इन्सेक र मानव अधिकार समूहको पहलमा शुद्ध पिउने पानीको व्यवस्थापन भएको मानवअधिकार समूहका अध्यक्ष धर्मबहादुर जिसीले बताउनुभयो ।

अन्य

भिडियो