सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिथिला नपा–५ विश्रामपुर बस्ने ६५ वर्षीय कुमारबहादुर मगरलाई इलाका प्रहरी कार्यालय ढल्केवरले फागुन २४ गते गिरफ्तार गरेको छ ।
बालिकालाई फागुन २३ गते दिउँसो बलात्कार गरेको स्वास्थ्य परीक्षणको रिपोर्टले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्रकुमार मिश्रले इन्सेक धनुषा प्रतिनिधिलाई जानकारी दिनु भयो ।
पीडितको परिवारले इलाका प्रहरी कार्यालय ढल्केवरमा फागुन २३ गते उजुरी गरेपछि फरार भएका आरोपित मगरलाई इलाका प्रहरी कार्यालय ढल्केबरले फागुन २४ गते गिरफ्तार गरेको हो ।
पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरमा फागुन २३ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।
आरोपित मगरलाई जिल्ला अदालत धनुषाबाट फागुन २५ गते म्याद थप गराई थप अनुन्धान गरिरहेको डिएसपी मिश्रले बताउनु भयो ।