२३ र ३१ वर्षीया महिलालाई बेचविखनका लागि भारततर्फ लैजान खोजेको आरोपमा प्रहरीले दुई जनालाई फागुन २१ गते गिरफ्तार गरेको छ ।
विराटनगर महानगरपालिका–१६ का ३४ वर्षीय काजी तामाङ र ५० वर्षीय प्रेमबहादुर मगरले दुई जना महिलालाई विराटनगर हुँदै सीमा नाका कटाएर भारततर्फ लैजाने प्रयास गरिरहेको अवस्थामा प्रहरीले आरोपितद्वयलाई गिरफ्तार गरेको हो ।
आरोपितद्वयलाई विराटनगर महानगरपालिका–१६ दक्षिण गेटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितद्वयविरूद्ध प्रहरीले जिल्ला अदालतमा फागुन २३ गते मानव बेचविखन शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको डिएसपी राईले बताउनु भयो ।
पीडित महिलाद्वयले प्रहरीसँग आरोपितद्वयले भारतमा राम्रो काममा लगाइदिने भन्दै आफूहरूलाई काठमाडौंदेखि बस चढाएर विराटनगर ल्याइएको बताएका छन् ।
काठमाडौंबाट बस चढेर फागुन २० गते विराटनगर बसपार्क आइपुगेका पीडितद्वयलाई फागुन २१ गते भारत पुर्याउन खोजेको अनुसन्धानका क्रममा पाईएको डिएसपी राईले बताउनु भएको छ ।