६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ठिङ्गन गाविस-५ का २८ वर्षीय ठुलोबावु डिमडुङलाई माघ १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ १४ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले ठिङ्गन प्रहरी चौकीमा माघ १५ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १६ गते हेटौँडा अस्पतालमा गरिएको थियो ।