विद्यार्थीलाई अश्लिल शब्द प्रयोग गरेर म्यासेज पठाएको आरोपमा रत्ननगर नगरपालिका–१० मा रहेको क्रिष्टल कलेजका शिक्षक खैरहनी नगरपालिका–२ निवासी ४० वर्षीय हरि न्यौपानेलाई इलाका प्रहरी कार्यालय रत्ननगरको प्रहरी टोलिले फागुन २० गते गिरफ्तार गरेको छ ।
आफैले पढाउने कक्षा ११ र १२ मा अध्यायन गर्ने १५÷२० जना छात्राहरूलाई हिंसात्मक शब्द प्रयोग गरेर म्यासेज पठाएको आरोपमा प्रहरीले न्यौपानेलाई गिरफ्तार गरेको जनाएको छ ।
विद्यार्थीले संयुक्त रूपमा फागुन २० गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएका थिए ।
शिक्षकबाटै विद्यार्थीलाई हिंसा गरेको विषय बाहिर आएपछि स्थानीय युवाहरूले कलेजमा तोडफोड गरेका छन् । तोडफोडबाट कलेजका झ्यालको सिसा लगायत भौतिक संरचनामा क्षति भएको प्राचार्य हरि जिसीले बताउनु भयो