INSEC Online

📅 २०८३ जेष्ठ २१

स्काभेटरको ठक्करबाट मृत्यु भएकी महिलाका परिवारद्वारा शव बुझ्न अस्वीकार

त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारकी ४५ वर्षीया सरस्वती कुमालको स्काभेटरको ठक्करबाट मृत्यु भएको चार दिन वितिसक्दा पनि शव उठेको छैन ।

स्काभेटर चालक दाङ जिल्ला निवासी भीमबहादुर बुढाथोकीले फागुन १७ गते सल्यानटार सडक किनारामा महिलालाई ठक्कर दिएर मारेको र मानिसले नदेख्ने गरी सडक किनारमै खाडल खनेर पुरेको आरोप लगाउँदै चार दिनदेखिसल्यानटार प्रहरी कार्यालय घेराउ गर्दै शब बुझ्न अस्वीकर गर्दै आएका छन् ।

चालक बुढाथोकीले सडकमा स्काभेटरको ठक्करबाट घाइते भएकी महिलालाई सडक किनारमा खाडल खनेर जिउँदै पुरेको आरोप लगाएका छन् । घटनापछि स्थानीयले सडक खन्न प्रयोग गरिएको स्काभेटर आगजनी गरिदिएका छन् ।

मृतक परिवारलाई उचित क्षति क्षतिपूर्ति, स्काभेटर चालकलाई गिरफ्तार गरी कारबाही गर्न माग गर्दै प्रहरी कार्यालय घेराउ र गाउँपालिका कार्यालयमा तालाबन्दी समेत गरिएको छ ।

घटनाको जिम्मेवार पक्ष, प्रदेश सरकार र गाउँपालिकाले सडक पिच गर्नका लागि फराकिलो पार्दै गरेकोले पहल कदमी नलिएको पीडित पक्षको आरोप छ । शब धादिङ अस्पतालमा राखिएको छ ।

पीडित परिवारले घटनको छानबिन गर्न उजुरी लिएर आएपछि पोष्टमार्टम हुने जिल्ला प्रहरी कार्यालयका प्रमख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिनुभएको छ ।

समस्या समाधानका लागि प्रहरीले पीडित र ठेकेदार पक्षसँग छलफल गरी समस्या समाधानको पहल गरिरहेको जिल्ला प्रहरी प्रमुख खड्काले बताउनुभयो ।

अन्य

भिडियो