१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका—१ सुखडका १९ वर्षीय प्रबल बुढाथोकीलाई फागुन १९ गते गिरफ्तार गरेको छ ।
सुखडस्थित कोठामा भेटन बोलाएर पनीमा बेहोस गर्ने औषधि मिसाएको पानी पिउन लगाएर बलात्कार गरेको पीडितले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
पानी खाएपछि आफू बेहोस भएको र होसमा आउँदा हिडन नसक्ने अवस्थामा सरिरमा रगत बगिरहको अवस्थामा आफूलाई पाएको पीडितले बताउनु भयो ।
पीडितले घटना स्थलबाटै परिवारका सदस्यलाई फोन गरी घटनाका बारेमा बताएपछि तत्काल परिवारका सदस्यहरुले इलाका प्रहरी कार्यालय, सुखडमा जानकारी गराएका थिए ।
पीडित पक्षले दिएको जानकारीका आधारमा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितलाई घटना स्थलबाट गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सुखडका डिएसपी सागर बोहराले इन्सेक प्रतिनिधिलाई फोनबाट बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागानु १९ गते गरी सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार पनि भइरहेको छ ।