INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारले नेकपामाथि लगाएको प्रतिबन्ध दुई वर्षमा हटायो


सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको दुई वर्षमा वार्ता गरी प्रतिबन्ध फुकुवा गरेको छ ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच फागुन २० गते भएको वार्तामा तीन बुँदे सहमति भएपछि प्रतिबन्ध हटाइएको हो ।

 उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

विप्लव नेतृत्वको नेकपामाथि सरकारले २०७५ फागुन २८ गतेबाट प्रतिबन्ध लगाएको थियो ।

sahmati2077_11_20_biplov_government

अन्य

भिडियो