११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका १ का ४५ वर्षीय बोज भनिने राजेन्द्र सरवरियालाई फागुन १५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध फागुन १३ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा फागुन १३ गते गरिएको छ ।