१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बलेफी गाउँपालिका–४ का २४ वर्षीय प्रदिप लामालाई ०७७ फागुन १७ गते बलेफी बजारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो ।
आरोपित लामाले ०७७ माघ २६ गते आफ्नै घरमा डाकेर पीडित बालिकालाई बलात्कार गरेको पीडितपक्षको आरोप छ ।
पीडित बालिकाले ०७७ फागुन ९ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा लामाविरुद्ध उजुरी दिएकोको इन्स्पेक्टर घिमिरेले बताउनु भयो ।
इन्स्पेक्टर घिमिरेका अनुसार पीडितको फागुन ९ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा स्वास्थ्य परीक्षण गरिएको छ ।