INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले साँफेबगर नगरपालिका–११ बाब्ला निवासी राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई फागुन १६ गते गिरफ्तार गरेको छ ।

फागनु १५ गते बनभोजबाट फर्किने क्रममा बालिकालाई घर पुर्‍याई दिन्छु भनेर शिक्षक कुँवरले बलात्कार गरेको भन्दै पीडित पक्षले फागनु १६ गते इलाका प्रहरी कार्यालय, ठाटीमा उजुरी दिएपछि आरोपितलाई  गिरफ्तरा गरिएको इलाका प्रहरी कार्यालय, ठाटीका सई मदनसिंह धामीले  इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।

आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको र पीडितको स्वास्थ्य परीक्षण फागनु १६ गते जिल्ला अस्पताल मंगलसेनमा गरिएको जिल्ला प्रहरी कार्यालय, अछामका इन्स्पेक्टर जनक बोहोराले बताउनु भयो ।

घटनामा सङ्लग्न शिक्षकलाई कानुन अनुसार कडा कारवाहीको माग गर्दै राष्ट्रिय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विद्यालयमा समेत तालाबन्दी गरेको शिक्षक लक्ष्मीप्रसाद जोशीले बताउनु भयो  ।

अन्य

भिडियो