INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्ष ११ महिना १८ दिनका बालकलाई जिल्ला अदालतले फागुन १३ गते ३ वर्ष ४ महिना कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश चन्द्रमणी ज्ञवालीको इजलासले बालकलाई ३ वर्ष ४ महिना कैद सजाय गर्नुका साथै ३० हजार रुपियाँ क्षतिपूर्ति भराउन फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।

रुपनी गाउँपालिका–६ स्थित शनि मन्दिर घुम्न भनी पीडित बालिकालाई मोटरसाइकलमा ०७५ माघ १२ गते लगेका बालकले मन्दिर घुमेपछि आफ्नो साथीको घर लगी कुटपिट गर्दै बलात्कार गरेको पीडितले बताइन् ।

घटनाका बारेमा थाहा पाएपछि बालकका साथीका छिमेकीहरूले आरोपितलाई घटनास्थलबाटै नियन्त्रणमा लिई कुटपिट गर्दै ०७५ माघ १२ गते इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएका थिए ।

पीडितका बुबाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा माघ १३ गते दिएको उजुरी प्रहरीले सोही दिन दर्ता गरेको थियो ।

पीडित र आरोपितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७५ माघ १४ गते गरिएको थियो ।

जिल्ला अदालतलको आदेशले बालक ०७५ फागुन ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा रहेका प्रहरीले जनाएको छ ।

अन्य

भिडियो