INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रतिबन्धित नेकपाका जिल्ला इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका मुस्ताङ जिल्ला इञ्चार्ज मालिका गाउँपालिका–३ का ६० वर्षीय पदम पुन (फिल्टर) लाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले ०७७ फागुन १३ गते राति गिरफ्तार गरेको छ ।

मालिका गाउँपालिका–२ बाट गिरफ्तार गरिएका पुनलाई राति नै सदरमुकाम बेनी ल्याइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी श्यामकुमार राईले जानकारी दिनुभयो ।

विभिन्न आपराधिक घटनामा संलग्न भई फरारको सूचीमा रहेका पुनलाई राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा गिरफ्तार गरिएको उहाँले बताउनुभयो ।

अन्य

भिडियो