११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जहदा गाउँपालिका-१ का ४५ वर्षीय राजेन्द्र सरवरीयाविरुद्ध फागुन १३ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले फागुन ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपिविरुद्ध फागुन १३ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा फागुन १३ गते गरिएको छ ।