INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारत बिहारको जिवछपुर जिल्ला पञ्चायत भिमपुर घर भई हाल हनुमाननगर कङ्कालिनी नपा–९ बस्ने २० वर्षीय रामबिलास कुमार साहलाई फागुन १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन ९ गते यौन दुर्व्यवहार गरेको भन्दैै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा कारवाहीका लागि फागुन ११ गते उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फागुन ११ गते गरिएको छ ।

अन्य

भिडियो