२० वर्षीया युवतीलाई बेचबिखन तथा ओसारपसारको प्रयास गरेको आरोपमा प्रहरीले केआइसिंह गाउँपालिका-३ का २० वर्षीय राहुल पार्कीलाई फागुन ११ गते अत्तरियाबाट गिरफ्तार गरेको छ ।
आरोपितले पीडित युवतीलाई भारतको हैदरावाद लैजान लागेको भन्दै पीडित परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा प्रहरी परिचालन गरी गोदावरी नगरपालिका-२ अत्तरियास्थित न्यू खप्तड होटेलबाट आरोपितलाई गिरफ्तार गरी बेचबिखन तथा ओसारपसार कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर हिक्मत थापाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ११ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।