INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऋषिङ गाउँपालिका–४ का ३२ वर्षीय लक्ष्मण रानाभाटलाई फागुन ९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन ६ गते बलात्कार गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले इन्सेक  प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितको उजुरीपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेर फागुन १० गते अदालतमा पेश गरी थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ६ गते दमौली अस्पतालमा भयो ।

अन्य

भिडियो