१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले करैयामाई गाउँपालिका–५ का ४० वर्षीय महेन्द्र सहनीलाई फागुन ८ गते गाउँबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले घरमा बोलाएर फागुन ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र यादवले बताउनुभयो ।
पीडित नाबालिका र आरोपितको स्वास्थ्य परीक्षण कलैया अस्पतालमा फागुन ८ गते गरिएको छ । जबरजस्ती करणी प्रयास मुद्दामा अनुसन्धान भइरहेको इन्स्पेक्टर यादवले बताउनुभयो ।