INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–३ धारापानीका २७ वर्षीय रमेश अधिकारीलाई प्रहरीले ०७७ माघ ३० गते घरबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई माघ २४ गते विद्यालयबाट घर फर्कंदै गर्दा बाटो छेकेर यौन दुर्व्यवहार गरेको भन्दै पीडितका आफन्तले माघ २९ गते आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी देवेन्द्र पाण्डेले बताउनु भयो ।

आरोपितलाई जबरजस्ती करणी उद्योगसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको समेत डिएसपी पाण्डेले बताउनु भयो ।

अन्य

भिडियो