अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला प्रतिनिधिसहितको यौनजन्य दुर्व्यवहारविरूद्धको जिल्ला सञ्जाल गठन गरिएको छ ।
महिला,बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका लागि माघ २८ गते सञ्जालको गठन गरिएको छ ।
सार्वजनिक यातायातका साधनमा हुने यौनजन्य दुर्व्यवहार नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न,स्कूल क्याम्पसमा यौन दुर्व्यवहारविरूद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका इन्स्पेक्टर सन्तोष बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा इन्सेक प्रतिनिधिलाई मानव अधिकार तथा उल्लङ्घनका विषय हेर्ने गरी सदस्यमा राखिएको छ ।
सार्वजनिक स्थल र सार्वजनिक यातायातका साधनमाहरूमा गोप्य रूपमा सादा पोशाकमा प्रहरी परिचालन गरी सञ्जालले निगरानी बढाउने निर्णय भएको संयोजक बुढाथोकीले बताउनु भयो ।
सञ्जालले विभिन्न संघसंस्था तथा स्थानीय सरकारसँगको सहकार्यमा तीन महिना महिला तथा बालबालिक,ज्येष्ठ नागरिकलगायतका अधिकारका लागि अभियान सञ्चालन गर्ने छ ।
सञ्जालमा महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष लक्ष्मी ढुङ्गना, मानव अधिकार सङगठन समिति उपाध्यक्ष चित्ररेखा अधिकारी, प्रगतिशिल महिला समूहकी अध्यक्ष सुशीला घिमिरे, मानव अधिकार तथा शान्ति समाजकी केन्द्रीय सदस्य सीताकुमारी श्रेष्ठ, नेपाल पत्रकार महासङघका अध्यक्ष इन्द्र गिरी, जिल्ला बालक्लव अध्यक्ष सञ्जय ओझा, एकल महिला सञ्जाल अध्यक्ष लीलादेवी खनाल, खाँदबारी नगरपालिका–१ का अध्यक्ष निरञ्जन श्रेष्ठ, हिमालय माध्यमिक विद्यालयका शिक्षक भरत राई, आदर्श माध्यमिक विद्यालयका शिक्षक दिपेन्द्रपाठक सहित १५ सदस्यीय जिल्ला सञ्जाल गठन गरिएको छ ।

