१५ वर्षीया बालिकालाई अपहरण पश्चात सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले जहदा गाउँपालिका–१ का २२ वर्षीय जितेशकुमार यादव र २१ वर्षीय अजय बैठाविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।
पीडित बालिका माघ २६ गते राति शौचका लागि निस्किएको अवस्थामा अपहरणपछि सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २७ गते इलाका प्रहरी कार्यालय रानी विराटनगरमा उजुरी दिएको हो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितद्वय सवार को २३ प १८१७ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर आरोपितहरूको खोजी थालिएको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर दीपक थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपितद्वयले माघ २६ गते राति बालिकालाई अपहरण गरी दुई घण्टासम्म बन्धक बनाएर बलात्कार गरेको पीडितका ५६ वर्षीय बाबुले बताउनु भयो ।
आरोपितहरूले मोटरसाइकल इन्धन सकिएर छिमेकीको घरमा राखेर फरार भएको पीडितका बाबुले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ २७ गते गरिएको छ ।