INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायकोे फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मध्यनेपाल नगरपालिका–६ का २५ वर्षीय सोनाम दुरा धिंदाललाई १८ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ ।

जिल्ला अदालत लमजुङका न्यायाधीश हरिचन्द्र ढुङ्गानाको माघ २७ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा १८ वर्ष कैद र ५० हजार क्षतिपुर्तिको फैसला सुनाएको  जिल्ला अदालत लमजुङका श्रेस्तेदार उदयराज काफ्ले इन्सेक  प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ०७७ वैशाख २८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध मध्यनेपाल नगरपालिकाको इलाका प्रहरी कार्यलयमा वैशाख २९ गते मौखिक उजुरी  दिएका थिए ।

आरोपित घटनापछि भागेर दमौलीमा लुकेर बसेको सूचना पाएपछि लमजुङबाट गएको प्रहरी टोलीले तनहुँ प्रहरीको सहयोगमा आरोपितलाई वैशाख ३० गते दमौलीबाट गिरफ्तार गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख २९ गते जिल्ला सामुदायिक अस्पताल लमजुङमा गरिएको थियो ।

अन्य

भिडियो