१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कानेपोखरी गाउँपालिका–२ का २९ वर्षीय प्रेम चौधरीलाई माघ २५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले माघ २२ गते नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ २३ गते इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएको थियो ।
पीडित बालिका माघ २३ गते आरोपितको घर नजिकै बहोस् अवस्थामा फेला परेपछि स्थानीय र पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी कृष्ण खड्काले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको उपचार माघ २४ गते कोशी अस्पताल विराटनगरमा गरिएको छ ।