३६ वर्षीया महिलालाई माघ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले खाडाचक्र नगरपालिका–९ का ३२ वर्षीय जयाबहादुर विक बिरूद्ध जिल्ला प्रहरी कार्यालय कालिकोटमा माघ २५ गते उजुरी दिएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको र फ्ररार रहेका आरोपिको खोजि भइरहेको डिएसपी चक्रबहादुर साहले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २५ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको अस्पतालका सूचना अधिकारी कटक महतले बताउनु भयो ।