१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २१ वर्षीय दिपक नेपालीलाई माघ २५ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ २३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीका आधारमा गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मण पचभैयाले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते जिल्ला अस्पतालमा गरिएको छ ।