१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा कालिमाटी गाउँपालिका –४ काल्चेका ४३ वर्षीय डोटबहादुर वलीलाइ प्रहरीले माघ २१ गते घरबाटै गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई माघ ५ र ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २० गते दिएको मौखिक उजुरीको आधारमा आरोपितलाइ गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका इन्सपेक्टर लक्ष्मण वलीले जानकारी दिनुभयो ।
आरोपित बिरूद्ध माघ २१ गते इलाका प्रहरी कार्यालय लुहाममा लिखित उजुरी दिएको बालिकाको आमाले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते स्वास्थ्य सेवा कार्यालय सल्यानमा गरिएको कार्यालय प्रमुख दशरथ श्रेष्ठले जानकारी दिनुभयो ।