INSEC Online

📅 २०८३ जेष्ठ २१

आमहड्तालमा मानव अधिकार उल्लङ्घन र ज्यादती (प्रदेश १ अपडेट)

मन्त्रिपरिषद्को ०७७ पुस ५ गतेको निर्णयअनुसार विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना र माघ २१ गते विभिन्न संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्ति बदर गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्डनेपाल) पक्षले माघ २२ गते आयोजना गरेको आमहड्तालका क्रममा प्रदेश १ मा आमहड्तालको कार्यक्रममा सहभागी भएको आरोपमा प्रहरीले मोरङमा ६ जना र सुनसरीमा तीन जना गरी नौ जनालाई गिरफ्तार गरेको छ । प्रदेश १ मा ६ ओटा सवारीसाधन तोडफोडका घटना भएका छन् । मोरङमा बा १६ च ४४०४ को निजी सवारी र बा १ झ ९११८ नम्बरको सरकारी गाडी, बिआर १० जीए ९७६० र यूपी २१ बिएन १५१३ नम्बरको मालवहाक ट्रकमा तोडफोड भएको छ । इलाममा ना ५ ख २११७ को ट्रक र झापामा मे १ च १९४२ नम्बरको गाडीमा तोडफोड भएको छ । एक ओटा चिया पसल तोडफोड भएको छ ।

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रहरीले विराटनगरबाट ६ जनालाई गिरफ्तार गरेको छ । प्रहरीले जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ९११८ नम्बरको गाडी तोडफोड गरेको आरोपमा दाहाल–नेपाल समूहका जिल्ला संघर्ष समितिका सह–संयोजक विराटनगर महानगरपालिका–५ का ४१ वर्षीय पारूल क्षेत्री, विराटनगर महानगर सङ्घर्ष समिति सहसंयोजक विराटनगर महानगरपालिका–११ की ४४ वर्षीय मीरा दहाल, नेकपा महानगरपालिका सदस्य–१ की ४३ वर्षीय शारदा मैनाली, विराटनगर महानगरपालिका–६ का कार्यपालिका सदस्य ४४ वर्षीय चम्पादेवी कार्की र अनेरास्ववियु जिल्ला सचिवालय सदस्य विराटनगर महानगरपालिका–३ का २२ वर्षीय उमेश ढुङ्गाना  २७ वर्षीय सङ्गम चौधरीलाई विराटनगर महानगरपालिका–२ तीनपैनीस्थित दहाल–नेपाल समूहको जिल्ला कार्यालयबाट गिरफ्तार गरेको जिल्ला सङ्घर्ष समिति मोरङ संयोजक गणेश उप्रेतीले बताए । उप्रेतीले माघ २२ गते विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन् । गिरफ्तारीका क्रममा भएको घम्साघम्सीमा पारूल क्षेत्रीलाई गोडामा चोट लागेको छ । घाइते क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको अवस्था कोशी अस्पतालका चिकित्सकले प्राथमिक उपचार गरेको अस्पतालका प्रशासन प्रमुख नवराज लुईटेलले बताउनु भयो । विराटनगरबाट गिरफ्तारीमा परेकाहरूलाई प्रहरी माघ २२ गते साँझ रिहा गरेको छ । बन्दकर्ताहरूले विराटनगर महानगरपालिका–२ मा रहेको चियानास्ता पसलमा तोडफोड गरेको पसल सञ्चालक ४० वर्षीय बसन्ती सहनीले बताउनु भयो । तोडफोड गर्नेहरूलाई रोक्ने क्रममा तातो तेल उट्टिएर लाग्दा २२ वर्षीया छोरी बबिता सहनी घाइते भएको बसन्ती सहनीले बताउनु भयो । बन्दलाई सफल बनाउने क्रममा विराटनगरको शनिमन्दिर, महावीर चोक, शिवमन्दिर र तीनपैनी चोकमा टायर बालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताउनु भयो । बन्दकर्ताले पथरीशनिश्चरे नगरपालिका–१ स्थित चोकमा टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरोध गरेको मोरङ प्रहरीले जनाएको छ ।

Photo 20210402 Morang (7)Photo 20210402 Morang (2) Photo 20210402 Morang (3) Photo 20210402 Morang (4)  Photo 20210402 Morang (6)  Photo 20210402 MorangPhoto 20210402 Morang (5)

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार प्रहरीले बन्द गराउँदै हिँडेका नेपालप्रचण्ड समूहका नेता धरान उपमहानगरपालिका–३ का ३२ वर्षीय विजय तामाङ, धरान उपमहानगरपालिका–८ का ३४ वर्षीय खडकबहादुर पौडेल र जीवन राईलाई धरानबाट गिरफ्तार गरेको छ ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार बन्दकर्ताहरूले झापाको विर्तामोडबाट इलामका लागि छुटेको ना ५ ख २११७ नम्बरको ट्रकमा मेची राजमार्ग अन्र्तगत इलाम चुरेघाँटी सडकखण्डको खरेलडाँडामा ढुङ्गा प्रहार गरेका छन् । ढुङ्गा प्रहारबाट अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार बन्दकर्ताले विर्तामोडका पश्चिम बस स्टेन्डमा बन्दकर्ताले एउटा निजी कार तोडफोड गरेका छन् । मे १ च १९४२ नम्बरको सो कारलाई बन्दकर्ताले रोकेर किन चलाएको भन्दै तोडफोड गरेका थिए ।

अन्य

भिडियो