INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राजगढ गाउँपालिका–१ बली टोल घर भई राजविराज नपा–६ स्थित घरमा बस्दै आएका डाक्नेश्वरी नपा–३ स्थित जनता मावि तरहीका शिक्षक ४८ वर्षीय ओमप्रकाश यादव विरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा माघ १८ गते उजुरी दिएको छ ।

विद्यालयमा माघ १२ गते चौथो घण्टी चलिरहेका बेला शिक्षक यादवले छात्राको खल्तीमा रबरको चुङ्गी खोज्ने बहानामा यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ ।

पीडितसहित उनका साथीहरूले तत्कालै घटनाबारे प्रधानाध्यापक राजकुमार झालाई आरोपितबाट दुर्व्यवहार भएको घटनाबारे सविस्तार बताएका थिए ।

घटना बाहिरिएपछि अभिभावकको आग्रहमा विद्यालयका प्रधानाध्यापक झाको अध्यक्षतामा माघ १३ गते बसेको बैठकले नियम अनुसार आरोपितमाथि कारबाही अगाडि बढाउने सर्वसम्मत निर्णय गरेको थियो ।

शिक्षक, कर्मचारीसहित वडा अध्यक्ष प्रदिपकुमार साह, विद्यालयका जग्गादाता प्रमोदकुमार साह, नगरपालिकाका शिक्षा अधिकृत कृष्णकुमार यादव, प्रहरी चौकी पातोका असई देवकुमार झालगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरिएको प्रधानाध्यापक झाले जानकारी दिनु भएको थियो ।

अन्य

भिडियो