२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–४ का ३८ वर्षीय सुकवीर विकलाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई माघ ७ गते अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेन्द्र दर्नालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा माघ ७ गते गरिएको छ ।