३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय सेढवाले सुवर्णपुर गाविस-१ का ५० वर्षीय धनबहादुर मगरलाई माघ ६ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले माघ ६ गते बलात्कार प्रयास गरेको आरोपमा स्थानीयबासीले समातेर प्रहरीसमक्ष बुझाएका थिए ।
इलाका प्रहरीले आरोपितलाई आजै जिल्ला प्रहरी कार्यालय पर्सा पठाएको जनाएको छ । इलाका प्रहरी कार्यालय सेढवाका र्सइ जयदिप राणाका अनुसार पीडित पक्षको उजुरी लिने र स्वास्थ्य परीक्षणलगायतका प्रक्रिया सुरु गरिएको छ ।