६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय भण्डाराले माघ ६ गते १६ वर्षीय बलाकलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
आरोपितविरुद्ध माघ ६ गते नै चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए ।