INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–४ का २२ वर्षीय गोविन्द भनिने गुनराज विष्टलाई माघ ८ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असार १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

उजुरी लगत्तै फरार भएका आरोपितलाई प्रहरीले माघ ८ गते काठमाण्डौ मनमैजुबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भीम दहालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडितको युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार १४ गते गरिएको थियो ।

अन्य

भिडियो