१६ वर्षीया बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा गोलबजार नपा–३ का २२ वर्षीय गौरीशङ्कर साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय गोलबजारमा माघ ८ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले पुस १६ गतेदेखि माघ ५ गतेसम्म पटकपटक बलात्कार गरेको पीडित बालिकाकी आमाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा माघ ८ गते गरिएको छ ।
आरोपिति साह फरार रहेकाले खोजी कार्य जारी राखिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर सन्तोष राईले बताउनु भयो ।