INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई पुस ४ गते बलात्कार प्रयास गरेको आरोपमा इलाका प्रहरी कार्यालय मिर्चैयाले कल्याणपुर नपा–११ का ३५ वर्षीय शत्रुधन साहलाई माघ ४ गते गिरफ्तार गरेको छ ।

आरोपित साहविरुद्ध इलाका प्रहरी कार्यालय मिर्चैयामा पुस १३ गते उजुरी दिएको पीडितले बताइन् । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा पुस १३ गते गरिएको थियो ।

आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले बताए ।

अन्य

भिडियो