दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माघ ४ गते १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई पुस २६ गते कागेश्वरी मनोहरा नगरपालिकास्थित आफन्तको घरमा आएका आरोपितले यौन दुर्व्यवहार गरेको आरोपमा पीडितका आफन्तले आरोपित बालकविरुद्ध माघ ३ गते महानगरीय प्रहरी वृत बानेश्वरमा उजुरी दिएको डिएसपी दक्ष बस्नेतले बताउनु भयो ।
आरोपित बालकलाई बालमनोविज्ञको परामर्श सहित माघ ४ गते जिल्ला अदालतबाट पाँच दिनको म्यादथप सहित थप अनुसन्धान थालिएको डिएसपी बस्नेतले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ४ गते प्रसुति गृह थापाथलिमा गरियो ।