२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दङ्गीशरण गाउँपालिका–७ का ३० वर्षीय हरि देवकोटालाई माघ ४ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ ३ गते बलात्कार प्रयास गरेको भन्दै पीडितपक्षले माघ ४ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डिएसपी शिवबहादुर सिंहले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा माघ ४ गते गरिएको छ ।