१४ वर्षीया बालिकालाई जोगबनी नाका हुँदै भारत पुर्याएर बेचबिखन प्रयास गरेको आरोप प्रहरीले सुनसरी, धरान उपमहानगरपालिका–१७ का ३२ वर्षीय आशिष सुनुवारलाई पुस २९ गते विराटनगरबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले कपडा किनिदिने प्रलोभनमा पारी जोगबनी नाका पुर्याएको अवस्थामा सानाहातहरू नामक संस्थाले प्रहरीलाई खबर गरेको थियो ।
धरान उपमहानगरपालिका–१७ मा दिदीको घरमा बस्दै आएकी बालिकालाई आरोपितले प्रलोभनमा पारी बेचबिखन प्रयास गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १ गते इलाका प्रहरी कार्यालय रानीमा उजुरी दिएको छ ।
पीडित बालिकाको बयान अनुसार आरोपितलाई पुस २९ गते गिरफ्तार गरिएको र माघ २ गते जिल्ला अदालतमा मानव वेचबिखन शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर दीपक थापाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण कोशी अस्पतालमा माघ २ गते गरिएको छ ।