१५ वर्षीया बालिकालाई पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इश्वरपुर नपा–११ रामनगर बस्ने २६ वर्षीय राहुलकुमार महतोविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा पुस २६ गते उजुरी दिएको छ ।
बलात्कार घटनाका आरोपित महतोविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा लिखित उजुरी दिएको पीडित बालिकाको बुवाले बताउनु भयो ।
घटनाका आरोपित महतो फरार रहेकाले खोजतलास गरी अनुसन्धान कार्य अगाडि बढाइएको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर वीरेन्द्र गुरुङले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल मलङ्गवामा पुस २६ गते गरिएको इन्स्पेक्टर गुरुङले जानकारी दिनु भयो ।