देउमाइ नगरपालिका– ८ आमबोटेकी २७ वर्षीया नम्रता राईको पुस २१ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति सुवास राईलाई गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले पुस २१ गते बिहान खुकुरी प्रहार गर्दा पीडितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लालध्वज सुवेदीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा पुस २१ गते गरिएको छ ।