INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काभ्रे जिल्ला बेथानचोक गाउँपालिका–२, ढुङ्खर्कका ४३ वर्षीय अर्जुनप्रसाद तिमल्सिना र सोही ठेगानाका ३४ वर्षीय याङ्कप्रसाद घिमिरेलाई प्रहरीले पुस १८ गते गिरफ्तार गरेको छ ।

जागिर लगाई दिने प्रलोभनमा पारी ०७७ पुस १८ ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित लुम्बिनी गेष्ट हाउसमा डरत्रास देखाई बलात्कार गरेको भन्दै पीडितले सोही दिन आरोपित द्वयविरुद्ध महानगरीय प्रहरी परिसर जावलाखेलमा उजुरी दिनु भएको थियो ।

आरोपितलाई पुस १९ गते ललितपुर जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी हिरासतमा राखि अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १९ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताउनु भयो ।

अन्य

भिडियो