१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–१४ डडुवाका २३ वर्षीय सुरेश तामाङलाई प्रहरीले पुस १६ गते बिहान छिमेकीको घरबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई फकाएर पुस ३ गते आफ्नै घरमा लगि बलात्कार गरेको भन्दै पीडितपक्षले आरोपित तामाङविरुद्ध पुस ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी प्रकाश सापकोटाले बताउनुभयो ।
डिएसपी सापकोटाका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ५ गते चौतारा अस्पतालमा गरिएको थियो ।